ओखलढुंगामा पत्रकार आचारसंहिता तथा क्षमता विकास तालिम हुने भएको छ । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको आयोजनामा असार ८ र ९ गते पत्रकार आचारसंहिता तथा क्षमता विकास तालिम सञ्चालन हुने भएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोगमा हुने तालिममा सहभागी पत्रकारहरूलाई पत्रकार आचारसंहिता, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक हकहित र भौतिक सुरक्षा तथा पत्रकारितामा एआईका विषयमा प्रशिक्षण दिइने नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै स्वतन्त्र प्रेसको मूल मर्म र आदर्शको पालनामा सहयोग पु¥याउने विश्वास गरिएको अध्यक्ष न्यौपानेको भनाई छ ।
तालिमले स्थानीय पत्रकारिताको स्तर उन्नयन गर्न र पेशागत संकटको समाधानमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया