नेपाल पत्रकार ओखलढुंगाले शाखामा आवद्ध पत्रकारहरुको सदस्यता नविकरण, शुद्धिकरण र नयाँ सदस्यता वितरण गर्ने भएको छ । अध्यक्ष पूर्णप्रसाद न्यौपानेको अध्यक्षता तथा प्रदेश समितिका सदस्य लाक्पाजी शेर्पाको विशेष उपस्थितीमा बसेको बैठकले क्रियाशिल पत्रकारहरुको सदस्यता नविकरण, पत्रकारितामा नरहेका सदस्यहरुको शुद्धिकरण र योग्यता पुगेका जिल्लामा क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको हो ।
मंसिर १७ गतेदेखि २५ गतेसम्म जिल्लामा नविकरण, शुद्धिकरण र सदस्यता वितरणको काम गरिने र २६ गते महासंघको अर्को बैठक बसेर ठोस् निर्णय गरिने सचिव मिनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि शाखाले पटक पटक सूचना जारी गर्दा पनि नविकरण प्रकृयामा नआएका सदस्यहरुको नाम भने नविकरण प्रकृयामा नआएकाले शाखाबाट सदस्यता नविकरण नहुर्ने गरी प्रदेश र केन्द्रमा सिफारीस गर्ने, सकृय पत्रकारितामा नरहेकालाई शुद्धिकरण गर्ने, शहर केन्द्रीत पत्रकारितामा रहनेलाई स्थानान्तरणका लागि अनुरोध गर्ने र जिल्लामा क्रियाशिल रहेका तर महासंघमा सदस्य नरहेका पत्रकारको प्रकृया पुगेर निवेदन आए नयाँ सदस्यता दिने महासंघको तयारी छ ।
हाल ओखलढुंगा शाखामा ४२ जना सदस्य छन् ।

सूचना हेर्नुहाेस्

प्रतिक्रिया